सन् २०२४ मा सात वटा देशले सबैभन्दा सामान्य प्रकारका प्लास्टिकमध्ये दुई तिहाइ उत्पादन गरेको तथ्याङ्कले देखाएको छ।
बेलायती वातावरणीय परामर्शदाता ‘युनोमिया’ र जलवायु तथा ऊर्जा अनुसन्धान समूह ‘जिरो कार्बन एनालिटिक्स’ले विश्वका सात वटा देशले सामान्य प्रकारका प्लास्टिकको दुई तिहाइ हिस्सा उत्पादन गरेका जनाएका छन्।
धेरै प्लास्टिक उत्पादन गर्ने मुलुकमध्ये पनि छ वटा मुलुकले उत्पादन गर्ने सामान्य प्लास्टिकको मात्रा चीन एक्लैले उत्पादन गर्नेगरेको तथ्याङ्कले देखाउँछ।
विश्वका १८४ देशले जेनेभामा प्लास्टिक प्रदुषणको समस्या अन्त्य गर्ने उद्देश्यले पहिलो पटक भएको सन्धिको वार्तामा साझा आधार खोज्ने प्रयास गरिरहेका बेला यो तथ्याङ्क सार्वजनिक गरिएको हो।
‘युनोमिया’ र ‘जिरो कार्बन एनालिटिक्स’ को अध्ययनले सबैभन्दा व्यापक रूपमा प्रयोग हुने प्लास्टिकको शुद्ध उत्पादन ९भर्जिन पोलिमर० को उत्पादनमा ध्यान केन्द्रित गर्दछ । पोलिथिलीन ९पिई०, पोलिप्रोपाइलीन ९पिपी०, पोलिथिलिन टेरेफथलेट ९पिइटी० र पोलिस्टिरिन ९पिएस० सामान्यतया पेय बोतलहरूमा प्रयोग गरिन्छ।
गत वर्ष ठूला चार वटा पोलिमर प्लास्टिकको उत्पादनमा चीन ३४ प्रतिशत, संयुक्त राज्य अमेरिका १३ प्रतिशत र साउदी अरब पाँच प्रतिशत जिम्मेवार रहेको अध्ययनले देखाएको छ।
त्यसैगरी दक्षिण कोरिया पाँच प्रतिशत, भारत चार प्रतिशत, जापान तीन प्रतिशत र जर्मनी दुई प्रतिशत पोलिमर प्लास्टिकको उत्पादनका लागि जिम्मेवार छन् ।
ऊर्जा क्षेत्रको तथ्याङ्क प्रदायक ‘वुड म्याकेन्जी’को एक पुरानो अध्ययनअनुसार प्लास्टिक उत्पादन विश्वका विशाल कम्पनीहरूको समूहमा केन्द्रित छभने केही राज्यको स्वामित्वमा केन्द्रित छ।
सन् २०२१ मा विश्वका १८ वटा कम्पनीले मात्र विश्वको आधाभन्दा बढी प्लास्टिक पोलिमर उत्पादन गरेका छन् ।
वुड म्याकेन्जीका अनुसार विश्वको अग्रणी उत्पादक चीनको सरकारी स्वामित्वको चाइना पेट्रोलियम एन्ड केमिकल कर्पोरेसन ९सिनोपेक० हो । सिनोपेकले मात्र विश्वको ५।४ प्रतिशत प्लास्टिक उत्पादन गर्छ ।
अमेरिकी तेल तथा ग्यास कम्पनी एक्सनमोबिल पाँच प्रतिशत, अमेरिकी बहुराष्ट्रिय रासायनिक कम्पनी ल्योन्डेलबेसेल ४।५ प्रतिशत, तेल कम्पनी साउदी अरामको ४।३ प्रतिशत र पेट्रो चाइना ४।२ प्रतिशत प्लास्टिक उत्पादन गर्नेगरेका छन् ।
प्रमुख युरोपेली उत्पादकहरू बेलायतको इनोस २।८ प्रतिशत उत्पादन गर्दै सातौँ स्थानमा, अस्ट्रियाको बोरियालिस २।३ प्रतिशतका साथ १० आँैं स्थानमा र फ्रान्सको टोटलइनर्जीज दुई प्रतिशत उत्पादनका साथ ११ औँ स्थानमा छन्।
प्रतिक्रिया