माओवादी केन्द्र महालक्ष्मी नगर समितिको अध्यक्षमा पदम रखाल मगर

आइतबार, २५ जेठ २०८२

धनकुटा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर समितिको पूर्ण बैठकले क. पदम रखाल मगरलाई अध्यक्षमा निर्वाचित गरेको छ।

धनकुटा जिल्ला इन्चार्ज एवं माओवादी केन्द्रका सचिव क। ओम प्रकाश निरौलाको प्रमुख आतिथ्यता, नगर इन्चार्ज क। दुर्गा कुबर र अनेमसंघ (क्रान्तिकारी) प्रदेश सदस्य सानु कार्की बस्नेतको उपस्थितिमा सम्पन्न बैठकले नयाँ नगर नेतृत्व चयन गरेको हो।

नवनिर्वाचित नगर समितिमा उपाध्यक्षमा क, टिकाराम श्रेष्ठ, सानु कार्की बस्नेत, सचिवमा  लोक बहादुर नेपाल, सह-सचिवमा लिला गुरुङ र कोषाध्यक्षमा दुर्गा भुजेल सर्वसम्मत चयन भएका छन्।

बैठकले सबै वडामा सशक्त र जुझारू संगठन विस्तार गर्ने तथा आगामी स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउने लक्ष्यसहित घरदैलो अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। उपाध्यक्ष सानु कार्की बस्नेतका अनुसार पार्टीको जनसंगठनलाई अझ सुदृढ बनाउँदै जनता माझ सक्रियता बढाइनेछ।

यसअघि मिति २०८१ चैत २३ गते सम्पन्न दोस्रो नगर सम्मेलनबाट ५१ सदस्यीय नगर समिति निर्वाचित भएको थियो। बैठकमा निवर्तमान नेतृत्वबाट नवनिर्वाचित पदाधिकारीलाई पदहस्तान्तरण समेत गरिएको थियो।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार