दमक : नेपाली काँग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रियसभा संसद नेता कृष्णप्रसाद सिटौलाले सबै राजनीतिक दलहरूलाई जनताको साझा मुद्दामा एक ठाउँमा उभिन आह्वान गरेका छन्।
दमकमा आयोजित नेपाल किसान महासङ्घ कोशी प्रदेश समितिको पहिलो प्रादेशिक अधिवेशनको उद्घाटन गर्दै उनले देश र जनताको परिवर्तनका लागि भएको आन्दोलनहरूलाई संस्थागत गर्दै सुशासन र समृद्धिका मार्गमा ठुला दलहरूबिचको सहकार्यलाई जोड दिए।
उनले देशको मुख्य स्रोत कृषि क्षेत्र भएता पनि यसको अपेक्षित फलफूल नआएको दुखेसो जनाउँदै, कृषिलाई मात्र निर्वाहमुखी नभई व्यावसायिक र उद्योगजस्तो विकास गर्न आवश्यक रहेको बताए।
यसले नेपाली किसानको आर्थिक स्थिति राम्रो बनाउन र देशको समग्र विकासमा ठुलो योगदान पुग्ने उनले बताए।
यो कदम आर्थिक र सामाजिक परिवर्तनका लागि एक महत्त्वपूर्ण पहल हो, जसले नेपाली कृषि र आधारभूत स्रोतलाई नयाँ उचाइमा लैजान मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया