काठमाडौं : नेकपा एमालेनिकट अनेरास्ववियुको २४औँ महाधिवेशन सहमतिमै नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन प्रक्रियातर्फ अघि बढाइएको छ ।
अध्यक्ष पदमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थन पाएका सुजन कडरियाको नाम प्रस्ताव भएपछि सभाहलमै नाराबाजी भएको थियो ।
नाराबाजीले परिस्थिति तनावपूर्ण बनेपछि निर्वाचन समितिले तत्काल कार्यतालिका सार्वजनिक गरेको हो । पाँचजना दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले अध्यक्ष पदमा दाबी गरेका छन् ।
निर्वाचन समितिका अनुसार आजै उम्मेदवारी फारम वितरण र दर्ता गरिनेछ । प्रारम्भिक नामावली राति ८ बजेभित्र प्रकाशन गरिनेछ भने मतदान भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
निर्वाचन तालिका :
प्रतिक्रिया