बेलबारीमा सर्पको टोकाईबाट ८ वर्षीया बालिकाको मृत्यु

विहीबार, २९ जेठ २०८२

विराटनगर : मोरङको बेलबारी नगरपालिका–५ सोमबारेमा सर्पदंशका कारण ८ वर्षीया बालिकाको मृत्यु भएको छ । बिहीबार दिउँसो घरमै सुतिरहेकी बालिकालाई सर्पले टोकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मृत्यु हुनेमा स्थानीय सन्ध्या रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । बालिकालाई बिहीबार दिउँसो ४ बजेतिर सर्पले डसेको बताइएको छ ।

गम्भीर अवस्थामा रहेकी सन्ध्यालाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर, अस्पताल पुर्याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार