इलाम : इलाममा एकजना वृद्ध पुरुषमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। रोङ गाउँपालिका निवासी ७४ वर्षीय ती पुरुषको एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ।
स्वास्थ्य कार्यालयका विमल बरालका अनुसार ती पुरुष केही दिनअघि दक्षिण भारत घुमेर फर्किएका थिए। फर्किएपछि स्वास्थ्यमा समस्या देखिएपछि गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो।
बरालका अनुसार, पछिल्लो समय इलाममा देखिएको यो पहिलो कोरोना संक्रमण हो।
प्रतिक्रिया