काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षीको अवरोध पछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नहुने भएको छ ।
आजको बैठकमा मुख्यतया: प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यसूची रहे पनि प्रतिपक्षी दलले अवरोध गरे पछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको हो ।
‘विशेष कारणवश आज निर्धारित प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूची हटाइएको छु,’ सभामुख देवराज घिमिरेले भने ।
विगत चैत १३ देखी भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने तथा सो सबन्धमा छानबिन समिति बनाउनु पर्ने माग राखेर राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर संसद्को बेल घेराउ गर्दै नाराबाजी गर्दै आएको छ । जो आज पनि निरन्तरता पाएको हो ।
सो अघि सभामुख घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरिरहेका छन । तर, रास्वपा र राप्रपाले भने त्यसलाई अस्वीकार गरेका छन् ।
यसअघि रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रवार बिहान संसद् भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेका हुन । सभामुखले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य अशोभनीय नहुने बताउँदै विरोधको स्वरूप बदल्न आग्रह गरे पनि रास्वपाले भने अस्वीकार गरेको थियो ।
सभामुख घिमिरेको आग्रहलाई रास्वपाले अस्वीकार गर्दै आफ्नो विरोध जारी रहने बताए । रास्वपाको अवरोधका कारण प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने देखिएको छ ।
सत्तापक्षका मुख्य सचेतक महेशकुमार बर्तौला र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि रास्वपालाई होहल्लाबिच प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर राख्ने वातावरण बनाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया