काठमाडौँ : स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था छ । तर कूल छ महानगरमध्ये काठमाडौँ महानगरपालिकाले तोकिएको समयमा बजेट ल्याउन सकेन ।
आन्तरिक विवाद र छलफल अभावका कारण सङ्घीय राजधानी रहेको काठमाडौँमा बजेट रोकिएको हो ।
विराटनगर,वीरगन्ज,ललितपुर,भरतपुर र पोखरा महानगरपालिकाले भने समयमै बजेट सार्वजनिक गरेका छन् ।तर काठमाडौँ महानगरपालिका,जहाँ सङ्घीय सरकारका धेरैजसो मन्त्रालयभन्दा बढी बजेट रहने गर्छ । बजेट ल्याउन नसक्दा आम चासो बढेको छ ।
महानगरको नगरसभा लामो समयदेखि बस्न सकेको छैन ।नीति तथा कार्यक्रम तथा बजेट सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत र प्रमुख बालेन्द्र साहबिच असमझदारी रहेको अनुमान गरिएको छ ।अझैसम्म महानगरले बजेट रोकिएकोबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
देशका अन्य केही स्थानीय तहमा पनि यस्तै प्राविधिक वा आन्तरिक कारणले नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकिएको छैन । तर सङ्घीय राजधानीमै बजेट रोकिनु गम्भीर विषयका रूपमा हेरिएको छ ।
प्रतिक्रिया