काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार ऐरीले केही दिन अगाडि नै राजीनामा दिएका थिए। उनले दिएको राजीनामा स्वीकृत भइसकेको पनि डिआइजी घिमिरेले बताए।
ऐरी नेपाल प्रहरीमा सहायक हवल्दारको दर्जामा कार्यरत थिए।‘घरायसी कारण भनेर राजीनामा दिनुभएको थियो। स्वीकृत पनि भइसकेको छ,’ डिआइजी घिमिरेले भने।
प्रतिक्रिया