काठमाडौं : ग्लोबल आइएमई बैंकका कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्फर्ट एण्ड रिसोर्टबीच यस सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको हो। बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार बैंकका ग्राहकले आइएमई हस्पिटालिटीअन्तर्गतका होटल तथा रिसोर्टमा १५ प्रतिशत र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट पाउनेछन्।
आइएमई समूहले काठमाडौं, बागलुङ, गैंडाकोट र पोखरालगायत ठाउँमा होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ।
ग्लोबल आइएमई बैंक देशभर ३५२ शाखा, ३८५ एटिएम र १,००० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ। साथै, बैंकले विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।
प्रतिक्रिया