‘शिक्षाको संसारबाट कामको संसार’ कार्यक्रम राष्ट्रिय माविमा सुरु

बुधबार, ११ असार २०८२

इटहरी । विद्यालयबाटै शिक्षालाई व्यवहारिक बनाएर स्वदेशमै काम गर्ने वातावरण तयार गर्न इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयमा ‘शिक्षाको संसारबाट कामको संसार’ कार्यक्रम सुरु भएको छ । यसका लागि बुधवार कक्षा १० का ३० जना विद्यार्थीको पाँच वटा समूहमध्ये तीन वटा समूह चयन गरिएको छ । 

इन्सियूर÷हेल्भेटास परियोजनाको सहयोगमा विद्यार्थीहरूलाई ‘शिक्षाको संसारमा स्थानान्तरणका लागि उद्यमशीलता सीप विकास कार्यक्रम’ अन्तर्गत व्यावसायिक योजना निर्माण तथा उत्कृष्ट समूहको घोषणा कार्यक्रममा तीन वटा समूह चयन गरिएको स्रोत शिक्षक युवराज काफ्लेले बताए । उनका अनुसार विद्यार्थीहरूले गर्ने कार्यको प्रस्ताव पेस गरी प्रस्तुतिका आधारमा चयन गरिएको हो । 

चयन भएका विद्यार्थीको प्रत्येक समूहलाई अब सात–सात हजार रुपैयाँ प्रदान गरिनेछ । सो रकमबाट विद्यार्थीहरूले विद्यालय हाताभित्रै पढाई लाई कुनै असर नपर्ने गरी आम्दानी हुने कार्य गर्नेछन् । 

माध्यमिक विद्यालयका विद्यार्थीहरूमा उद्यमशीलता सम्बन्धी सीप, सिर्जनाशीलता र नवप्रवर्तन क्षमताको विकास गरी व्यावसायिक योजना तयार गर्ने र कार्यान्वयनका लागि उत्प्रेरण प्रदान गर्ने मुख्य उद्देश्य राखेर यस्तो कार्यक्रम सुरु गरिएको प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए । यसले विद्यार्थीलाई सैद्धान्तिक शिक्षासँगै व्यवहारिक ज्ञान पनि प्राप्त हुने र आयआर्जनसँग जोड्दा परनिर्भरता पनि हट्ने बस्नेतले बताए ।

WhatsApp Image 2025-06-25 at 5.03.41 PMWhatsApp Image 2025-06-25 at 5.03.55 PMWhatsApp Image 2025-06-25 at 5.03.54 PMWhatsApp Image 2025-06-25 at 5.03.45 PMWhatsApp Image 2025-06-25 at 5.03.43 PM

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार