आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको जोखिम

विहीबार, १२ असार २०८२

काठमाडौँ : हाल देशभर मनसुनी वायु सक्रिय रहेका कारण विभिन्न भागमा वर्षा र बदलीको अवस्था देखिएको छ।

विशेषगरी गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेश र कोशी प्रदेशको तराई भू–भागमा मौसम आंशिक बदलीसँगै हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कर्णाली, सुदूरपश्चिम र अन्य पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

आज रातिसमेत मौसम बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ भने उच्च–पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि महाशाखाले उल्लेख गरेको छ।

कोशी र मधेश प्रदेशका केही तराई क्षेत्रहरूमा हावाहुरी चल्न सक्ने देखिएकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ।

वर्षाका कारण नदीहरूको जल सतह बढ्ने, पहिरो, भूक्षय, बाढी आदि प्रकोपको जोखिम रहेकाले दैनिक जनजीवन, यातायात, कृषि र जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै सतर्क रहन नागरिकहरूलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार