विराटनगर : विराटनगरमा एक विवाह समारोहको दौरान करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।
मोरङको विराटनगर–१८ झटियाहीका १७ वर्षीय अमित यादवको शनिवार बिहान करेन्ट लागेर ज्यान गएको हो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार कनैया यादवको छोरीको बिहेमा डिजे सङ्गीतमा नाच्ने क्रममा बिहान करिब १ः३० बजेको समयमा किशोर यादव करेन्टको चपेटामा परेका थिए।
प्रारम्भिक अनुसन्धानमा नाच्ने क्रममा डिजे सेटको तारमा लडेका अमितलाई सोही क्रममा करेन्ट लागेको खुलेको छ।
गम्भीर घाइते अवस्थामा उनलाई तत्काल कोशी अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राईको नेतृत्वमा टोली परिचालन गरिएको डीएसपी चुँडालले जानकारी दिइन्।
प्रतिक्रिया