इटहरीका विशेष पौडेलले ग्रिनपिस एकेडेमीबाट एसईईमा ४ जिपिए ल्याए

शनिबार, १४ असार २०८२

इटहरी : राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा इटहरीस्थित ग्रिनपिस एकेडेमीका विद्यार्थी विशेष पौडेलले ४ पूर्ण ग्रेड (GPA) प्राप्त गर्दै विद्यालयको शैक्षिक सफलताको नयाँ इतिहास रचेका छन्।

यस वर्ष सो विद्यालयबाट ६७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये १ जनाले ४.०० जिपिए, ३५ जनाले ए प्लस, ३० जनाले ए ग्रेड, र १ जनाले बी प्लस ग्रेड ल्याएका छन्।

विद्यालयले यस पटक १०० प्रतिशत सफलताको उपलब्धि हासिल गरेको छ।

ग्रिनपिस एकेडेमीले अघिल्लो वर्ष पनि शैक्षिक उत्कृष्टता देखाइसकेको थियो। २०८० सालको एसइईमा लोरिम लिम्बुले समेत ४.०० जिपिए प्राप्त गरेकी थिइन्।

ग्रिनपिस एकेडेमीका प्रिन्सिपल रुद्र गौतम भन्छन्,“हामी केवल किताबी ज्ञानमा मात्र केन्द्रित छैनौँ। विद्यार्थीहरूमा आत्मविश्वास, सृजनशीलता र नेतृत्व क्षमता विकास गर्न सङ्गीत, नृत्य र अन्य अतिरिक्त क्रियाकलापमा समेत समान ध्यान दिइन्छ।”

उनले विद्यालयको परिणामलाई गुणस्तरीय शिक्षाको उपजको रूपमा व्याख्या गरे।

हाल ग्रिनपिस फाउन्डेशनअन्तर्गत ग्रिनपिस एकेडेमी, इटहरी नमुना कलेज, र ग्रिनपिस लिङ्कन कलेज सञ्चालनमा छन्।

यी संस्थाहरूले नर्सरीदेखि कक्षा १२ सम्मको शिक्षासँगै नेपालमै बसेर अन्तर्राष्ट्रिय डिग्री अध्ययन गर्न सकिने सुविधा समेत प्रदान गर्छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार