बाँके: बाँकेको राप्ती नदीमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ ।
राप्तीसोनारी गाउँपालिका–५ स्थित राप्ती नदीमा फसेका ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लिलबहादुर खत्री र ५० वर्षीय ससु वलीलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।
गाईवस्तु चराउन गएका उनीहरू राप्ती नदीमा एक्कासी आएको बाढीका कारण नदीको बीच टापुमा फसेका थिए । घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ शमशेरगञ्जबाट खटिएको गोताखोरसहितको टोलीले उनीहरूलाई बुधबार सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएका तीनै जनाको अवस्था सामान्य रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया