पौडी सिक्न गएका बजरङ्गीको पोखरीमा डुबेर मृत्यु

विहीबार, २६ असार २०८२

पर्सा : पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु भएको छ । यहाँस्थित एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर–११ रानीघाटका नौ वर्षे  बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो ।
  
जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतमका अनुसार होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो । प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको बताउँदै उनले भने, “अस्पतालले बुधबार बेलुका  बालकको मृत्यु भएको  जानकारी दिएको छ ।” 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार