आज विभिन्न कार्यक्रम गरी विश्व जनसङ्ख्या दिवस मनाइँदै

शुक्रबार, २७ असार २०८२

काठमाडौँ । आज विश्व जनसङ्ख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । विश्व जनसङ्ख्या दिवस प्रत्येक बर्ष जुलाई ११ मा मनाउने गरिन्छ ।

सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।

विश्व जनसङ्ख्या दिवस २०२५ को नारा जुलाई ११ मा मनाइने विश्व जनसङ्ख्या दिवस २०२५ को विषयवस्तु ‘मानिसहरूमा लगानी: प्रजनन स्वास्थ्य र अधिकारलाई प्राथमिकता’ लगायत आर्थिक अनिश्चितता, लैङ्गिक असमानता र जलवायु सङ्कटजस्ता चुनौतीहरूलाई सम्बोधन गर्ने कुरा उल्लेख ।

यसले शिक्षा, स्वास्थ्य सेवा र परिवार नियोजनजस्ता सेवामा समान पहुँच सुनिश्चित गरेर युवाहरूलाई सहयोग पु¥याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार