पर्वत : पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा पहिरोले घर पुरिँदा एक दम्पतीमध्ये श्रीमानको शव भेटिएको छ भने श्रीमती अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ७८ वर्षीय छविलाल विश्वकर्माको शव आज बिहान पुरिएको अवस्थामा फेला परेको हो। छविलालकी श्रीमती विष्णुमती विश्वकर्मा भने पहिरोमा बेपत्ता भएकी छन्। उनको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टले जानकारी दिए।
भारी वर्षापछि आज बिहान कान्लोबारी खसेर घरमाथि पहिरो जाँदा उनीहरू पुरिएका थिए। प्रहरीका अनुसार डिमुवा र कुश्माबाट आएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउँदै उद्धार कार्य भइरहेको छ। तर निरन्तरको वर्षाले खोज तथा उद्धारमा कठिनाइ भइरहेको छ।
प्रतिक्रिया