प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच आज च्यासलमा भेट हुँदै

आइतबार, ०४ साउन २०८२

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज दिउँसो भेटवार्ता हुने भएको छ। दुबै नेताबीचको भेट एमाले पार्टी कार्यालय, च्यासलमा दिउँसो ३ बजे तय गरिएको हो।

भेटवार्तामा पूर्वराष्ट्रपति भण्डारीको एमाले पार्टी सदस्यता सम्बन्धी पछिल्लो विवादबारे मुख्य रूपमा छलफल हुने बताइएको छ।

हिजो सम्पन्न एमालेको पोलिटब्युरो बैठकमा भण्डारीको सक्रियतापूर्वक पार्टी गतिविधिमा संलग्नता र सदस्यताको औपचारिक स्थिति बारे चर्को बहस भएको थियो। सोही विषय मिलाउन बैठकले पार्टी अध्यक्ष ओलीलाई जिम्मेवारी दिएको थियो ।

पार्टी स्रोतका अनुसार अध्यक्ष ओलीले त्यसै विषयमा स्पष्ट संवाद गर्न र विवाद समाधानको पहलस्वरूप पूर्वराष्ट्रपति भण्डारीलाई च्यासल भेटका लागि बोलाएका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार