इलाममा एकै वर्षमा एघार सय बढी मुद्दा फर्स्योट

सोमबार, ०५ साउन २०८२
file photo google

इलाम :  जिल्ला अदालतले मुद्दा फर्छ्यौटमा उल्लेख्य प्रगति गरेको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कले अदालतको कार्यसम्पादनमा व्यापक सुधार आएको देखाएको छ जसले गर्दा मुद्दा फैसलाको दर बर्सेनि वृद्धि भएको छ । समयमै न्याय निरूपण हुन थालेपछि न्यायका लागि वर्षौँ कुर्नुपर्ने अवस्था अन्त्य हुँदै गएको छ ।

इलाम जिल्ला अदालतले तीन वर्ष  यताकै सबैभन्दा बढी मुद्दा फैसला गरी तीन सय ३८ को सङ्ख्यामा मात्र जिल्लामा मुद्दा फर्छ्यौट हुन बाँकी रहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा नयाँ तथा पुरानो गरेर एक हजार एक सय ९३ मुद्दा रहेकोमा त्यसमध्ये आठ सय ५५ मुद्दाको फर्छ्यौट भएको सूचना अधिकारी अर्जुन राईले जानकारी दिए । जुन कूल मुद्दाको ७१.६७ प्रतिशत हो ।

सूचना अधिकारी राईका अनुसार यस अदालतमा १८ महिनादेखि २ वर्षभित्रका मुद्दाहरू विगतका वर्षहरूमा रहने भए पनि आर्थिक वर्ष ०८१/०८२ मा शून्य बनाइएको छ । यस्तै २ वर्ष नाघेका मुद्दाहरू पछिल्लो चार वर्षदेखि निरन्तर शून्य रहेका छन् । अदालतमा ढिलो न्याय पाइन्छ भन्ने मान्यतालाई घटाउँदै लगिएको देखिएको छ ।

आर्थिक वर्ष ०७९/०८१ देखि हालसम्म हेर्दा प्रत्येक वर्ष मुद्दा सङ्ख्या र फर्छ्यौट प्रतिशत दुवैमा वृद्धि भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/०८० मा एक हजार एक सय ११ मुद्दामध्ये सात सय १३ मुद्दा फैसला भएको थियो, जुन ६४.१७ प्रतिशत हो । त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा एक हजार एक सय ३९ मुद्दामध्ये सात सय ६९ मुद्दा फैसला भएको थियो, जुन ६७.५१ प्रतिशत हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार