इटहरी : खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ स्थायी ठेगाना भएका वर्ष ३७ का टीकाराज बिष्ट १४ वर्षदेखि सम्पर्कविहीन भएका छन् । उनी २०६६ साल मंसिर महिनामा पढाइका लागि आफ्नो सहिनाका काका एकराज बिष्टसँग सुनसरीको रामधुनी नगरपालिका (साविक बक्लौर गाविस) मा बसीरहेका थिए ।
टीकाराजले इटहरीस्थित अल्फा विटा नामक संस्थामा अङ्ग्रेजी भाषा अध्ययन गरिरहेका थिए । २०६७ साल बैशाख १४ गते, मंगलवार, बिहान करिब ८ बजे साइकल लिएर घरबाट निस्किएका उनी त्यस दिनदेखि आजसम्म पनि घर नफर्किएको परिवारजनले बताएका छन् ।
सोही दिनदेखि परिवारले खोजी गर्न थाले पनि हालसम्म टीकाराजको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन । टीकाराजका दाजु भरत कुमार बिष्टले मिडिया तथा आम सर्वसाधारणलाई सहयोगका लागि अपिल गरेका छन् । उनका अनुसार व्यक्तिबारे जानकारी दिने जो कोहीलाई प्रहरी वा परिवारजनले सम्पर्क गर्न सकिने छ ।
प्रतिक्रिया