गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा

मंगलबार, ०६ साउन २०८२

गण्डकी : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे साताव्यापी भ्रमणका लागि आज छिमेकी मुलुक चीन प्रस्थान गरेका छन् ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित  कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डे पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै त्यसतर्फ गएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री पाण्डेले आफ्नो अनुपस्थितिमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठलाई तोकेका छन् । भ्रमण टोली यही साउन १२ गते नेपाल फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार