भक्तपुरमा दिदीबहिनी मृत फेला

विहीबार, ०८ साउन २०८२

भक्तपुर : भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडे सिन्टिटारमा दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सृजना कँडेल चक्रधर प्रजापतिको घरको भुइँतलामा डेरा गरी बस्दै आएका थिए।

उनीहरू आज बिहान करिब पौने ७ बजे कोठाको प्यासेजमा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

दुवै जनाको शव फेला परेपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। घटनाको कारण र यथार्थ पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार