आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु

आइतबार, ११ साउन २०८२

काठमाडौँ : आजदेखि चितवनका केही क्षेत्रमा ६ घण्टा लोडसेडिङ सुरु भएको छ । 

पूर्वी चितवनमा दिनमा दुई पटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो ।

नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।

अत्यधिक गर्मी र रोपाइँको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङको तालिका सार्वजनिक गरेको हो । 

तालिका अनुसार नारायणी–माडी फिडरहरू :

बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः०० बजेसम्म ,मेघौली–विजयनगर–शुक्रनगर फिडरहरू : बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः०० बजेसम्म र जगतपुर–रामपुर फिडरहरू : दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० बजेसम्म लोडसेडिङ हुने छ । 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार