इटहरीमा जनता माविको विशेष कार्यक्रम : कक्षा ११ मा भर्ना भएकाहरूलाई स्वागत

शनिबार, १७ साउन २०८२

इटहरी : इटहरीको शैक्षिक इतिहासमा २०१३ सालदेखि निरन्तर योगदान दिँदै आएको जनता माध्यमिक विद्यालयले शुक्रवार एक  कार्यक्रममार्फत कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ ।

शिक्षा, साहित्य, कला,राजनीति, निजामती सेवा, सेना, खेलकुदजस्ता विविध क्षेत्रका स्थापित व्यक्तित्व उत्पादन गर्दै आएको यस विद्यालयले व्यवस्थापन, शिक्षा, विज्ञान र कानुन समूहमा भर्ना भएका विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलको प्रमुख आतिथ्यतामा स्वागत गरेको हो।

कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी र आफ्नो क्षेत्रमा विशिष्ट स्थान बनाएका व्यक्तित्वहरूको उपस्थिति कार्यक्रमको आकर्षण रह्यो।

इटहरी अस्पतालका डा. गुञ्जन त्रिताल, इन्जिनियर माधव सुवेदी,लोकप्रिय गायक प्रकाश ओझा र चाटर्ड एकाउन्टेन्ट गुल्सनराज शर्मा विशिष्ट अतिथि थिए।

उनीहरूले नयाँ विद्यार्थीलाई प्रेरणादायी सन्देश दिँदै विद्यालयप्रतिको आत्मीयता व्यक्त गरे। कार्यक्रम कक्षा ११ र १२ का संयोजक शिवराज दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार