सरकारसँग १६ बुँदे समझदारीसँगै मेयर तीर्थराज भट्टराईले तोडे अनशन

आइतबार, १८ साउन २०८२

इटहरी(डेक्स) : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाडौंको माइतीघरमा थालेको अनशन आइतबार १६ बुँदे समझदारीपछि तोडेका छन् ।

उनको नेतृत्वको वार्ता टोली र सरकारी पक्षबिच छलफलपछि १६ बुँदे समझदारी पत्रमा सहमति जुटेको हो । उक्त समझदारीमा खोटाङलाई बाँसको राजधानीको रूपमा विकास गर्ने, बाँस भवनका लागि संहिता तथा मापदण्ड ४५ दिनभित्र स्वीकृत गर्ने, तथा बाँस प्रवर्द्धनका लागि तीन तहका सरकारलाई समन्वयका लागि अनुरोध गर्ने जस्ता बुँदाहरू समावेश भएका छन् । 

आज माइतिघरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

  • सहमति पत्र यस्तो छ :

समझदारी पत्रमा दिक्तेल वार्ता टोलीका प्रवक्ता दिनेशकुमार घिमिरे, शहरी विकास मन्त्रालयका सहसचिव नारायणप्रसाद मैनाली र वन तथा वातावरण मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलले हस्ताक्षर समेत गरेका छन् ।

मेयर भट्टराईको अनसनकाप्रति राष्ट्रिय मानवअधिकार आयोग, जिल्ला समन्वय समिति खोटागंका साथै विभिन्न स्थानीय तह लगायत सरोकारवाला संस्था तथा व्यक्तिहरूले समे ऐक्यबद्धता जनाएका थिए । 

उनी साउन ११ गतेदेखि काठमाडौंमा विभिन्न ७ बुँदे मागसहित सत्याग्रहमा रहेका थिए । सरकारले तीन दिनसम्म पनि सत्याग्रह बेवास्ता गरेपछि उनले साउन १४ गते बिहान ९ बजेबाट आमरण अनशन सुरु गरेका हुन् । 

ansan sahamati tirtharaj

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार