काठमाडौँ : गायक तथा सङ्कलक सुजन बराइलिको ‘पवित्र ठाउँ मुक्तिनाथ’ भजन सार्वजनिक भएको छ ।
सो गीतलाई आज सुजन बराइली युट्युब च्यानलमार्फत सार्वजनकि गरिएको हो । गीतमा गायक बराइली र गायिका निर्जला गुरुङको स्वर रहेको छ ।
गीतमा लय शिव अखेलीको, सङ्गीत संयोजन कुमार केसीको र एरेन्जर रमेश सेन्चुरीको रहेको छ । साउन महिनामा विशेषगरी महिलाहरूले व्रत बस्ने, पूजापाठ तथा भजनकीर्तन गर्ने परम्परालाई मध्यनगर गर्दै भजन गीत बजारमा ल्याएको गायक बराइलीले जानकारी दिए । गीतमा जीवन दर्शन, भक्ति, मठमन्दिर र पुजापाठलाई दर्शाउन खोजिएको छ ।
गायक बराइलीे ‘मल्लाज दरबार’, ‘मेरो प्यारो मल्लाज गाउँ’, ‘सम्भफना जन्मभूमिको’, ‘रोटी गुलियो’, ‘बोलाइ पासो भो’, ‘जिउन सिकायो’ ‘भोकले मरिन्छ कि शोकले’ ‘मत तिम्रै भलो चिताउँछु’ र ‘सुन सरकार सुन’ लगायत दुई दर्जनभन्दा बढी गीत सिर्जना गर्नुका साथै आफ्नो स्वर दिएका छन् ।
प्रतिक्रिया