इलाम अस्पतालमा थप दुई डाइलाइसिस मेसिन, सेवा क्षमता ३६ बिरामीसम्म

सोमबार, २६ साउन २०८२

इलाम : इलाम अस्पतालमा दुई थान डाइलाइसिस मेसिन थप गरिएपछि कुल मेसिन संख्या सात पुगेको छ। यसअघि पाँचवटा मेसिनमार्फत मृगौला रोगीलाई सेवा दिइँदै आएको थियो।

तीन वर्षअघि पूर्वी इलाममा पहिलो पटक डाइलाइसिस सेवा सुरु गरिएको हो, जसका लागि इलामका विभिन्न गाउँसँगै पाँचथर, ताप्लेजुङ र झापाबाट समेत बिरामी आउने गरेका छन्। हाल २६ जना बिरामीले अस्पतालमा निःशुल्क डाइलाइसिस सेवा पाइरहेका छन्।

संघीय स्वास्थ्य मन्त्रालयबाट उपलब्ध गराइएका दुई नयाँ मेसिन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत ९पैडेल०को प्रतिवद्धताअनुसार थपिएको इलाम अस्पतालले जनाएको छ। इलाम नगरपालिकाका प्रमुख केदार थापाले काठमाडौं पुगेर सेवा विस्तारका लागि पहल गरेका थिए।

मेसिन थपसँगै अब मासिक ३६ जनासम्म बिरामीलाई सेवा दिन सकिने अस्पताल प्रशासनले जनाएको छ। बाहिरका अस्पतालमा डाइलाइसिस गर्दा सातामा ५ देखि ७ हजार रुपैयाँसम्म खर्च हुने भए पनि इलाम अस्पतालमा भने यो सेवा पूर्ण रूपमा निःशुल्क छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार