काठमाडौँ : पशुपतिनाथस्थित आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकाल्ने प्रयास गरेको आरोपमा पक्राउ परेका दुई जनाको म्याद सात दिन थप गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुलदीप चन्दका अनुसार साउन २३ गते पशुपति आर्यघाट–२ नम्बर चितामा शव जलाउने क्रममा हड्डी निकालेर अन्यत्र लैजाने उद्देश्यले बट्टामा राखेको विषयमा वाद–विवाद भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा काभ्रे मन्डनदेउपुर–५ का ६१ वर्षीय गणेशप्रसाद ढकाल (जीवनाथ ढकाल) र उदयपुर कटारी–८ का २४ वर्षीय विनायक मैनाली रहेका छन्। उनीहरू क्रमशः काठमाडौँको गौरीघाट र गोठाटारमा बस्दै आएका थिए।
दुवै जनालाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले सात दिनको म्याद थप अनुमति दिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया