सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सोमबार, २६ साउन २०८२

राजविराज :  हुलाकी सड्क खण्डअन्तर्गत यहाँको बलानविहुल गाउँपालिका–६ शेहरा चोकमा आज मोटरसाइकल दुर्घटना हँदा एक महिलाको मृत्यु भएको छ ।
    
बलान बिहुल गाउँपालिका–२ दिघिया टोल बस्ने ३० वर्षीया शान्तिकुमारी यादवको मृत्यु भएको हो । शान्तिका देवर गयाप्रसाद यादवले चलाएको ‘अन टेस्ट’ मोटरसाइकलमा शान्तिकुमारीकी तीन वर्षीय छोरा समेत सवार थिए । उनीहरु बोदे बर्साइनबाट चन्हीतर्फ जाँदै थिए ।
    
सोही क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा शान्तिकुमारीकी तीन वर्षीय छोरा आदित्यसहित सबै घाइते भएका थिए ।

चालक यादव शान्तिकुमारीकी तीन वर्षीय छोरा आदित्यलाई समेत लिई एम्बुलेन्सबाटै फरार भएको प्रहरीले जनाएको छ ।

आजै शम्भुनाथ नगरपालिकामा भएको दुर्घटनामा एक युवकको ज्यान गएको थियो भने एक दम्पती घाइते भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार