घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधबार, २८ साउन २०८२

काठमाडौँ : बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला दुई हजार २२५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार