सर्दु खोलाको जलसतहले सतर्कता तह नाघ्यो

बुधबार, २८ साउन २०८२

धरान । मंगलबार साँझदेखि परेको अविरल वर्षापछि धरानको पश्चिमी क्षेत्रमा रहेको सर्दु खोलाको जलसतह सतर्कता सीमाभन्दा माथि पुगेको छ। जल तथा मौसम विज्ञान विभागले बुधबार बिहान जारी गरेको सूचनामा मदन–भण्डारी राजमार्गस्थित जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह नाघी हाल पनि निरन्तर बढ्दो क्रममा रहेको जानकारी दिइएको छ।

विभागका अनुसार जलसतह बढेसँगै आसपासका नदी तटीय क्षेत्र तथा होचा भू–भागमा डुबानको उच्च जोखिम उत्पन्न भएको छ। यस कारण खोला नजिकका बासिन्दालाई विशेष सतर्कता अपनाउन र सम्भावित डुबान क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।

विभागले अझै केही समय पानीको सतह बढ्ने सम्भावना रहेको चेतावनी दिँदै सर्वसाधारणलाई  सरकारी निर्देशनको पालना गर्न र आवश्यक सुरक्षा उपाय अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार