काठमाडौं– लालवीर चौधरीलाई अध्यक्ष बनाउने नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाको निर्णय निर्वाचन आयोगले अस्वीकार गरेको छ । राजनैतिक दल सम्बन्धि ऐन र नाउपाको विधान अनुसार राष्रिय भेला अवैधानिक भएको ठहर गर्दै निवाचन आयोगले भेलाको निर्णय अस्वीकार गर्ने निर्णय गरेको हो ।
यससँगै अब अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम भएकी छन् । राष्ट्रिय भेलाले आफूलाई अध्यक्ष तोकेपछि उनले निर्वाचन आयोगमा दलको विवरण अद्यावधिकका लागि निवेदन दिएका थिए । निवेदन परेपछि आयोगले रञ्जिता र लालवीर दुवैलाई पत्र लेखेर यसबारे जवाफ मागेको थियो । दुवैले आफैं अध्यक्ष भएको दाबी गर्दै जवाफ पठाएका थिए ।
प्रतिक्रिया