प्रधानमन्त्रीबाट मनहरपुरमा सडक शिलान्यास

शुक्रबार, ३० साउन २०८२

जनकपुर  ः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं  प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मनहरपुरमा आज आयोजित एक समारोहबीच सडक शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओली र मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संयुक्त रुपमा धनुषा क्षेत्र नं १ स्थित मनहरपुर ज्ञान चोकमा निर्माण हुन लागेको सडक शिलान्यास गरेका हुन ।

प्रधानमन्त्री ओली र सभामुख मण्डलले मधेस प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा धनुषाको मनहरपुर–हंसपुर हुँदै खरिहानी–सिमराढी जोड्ने १६.३५ किलोमिटर सडक शिलान्यास गरे । कूल ६५ करोडको लागतमा निर्माण हुन लागेको सडकको ठेक्का निर्माण कम्पनीले ४४.४८ लाखमा कबोल गरेको छ ।

समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंह, सभामुख रामचन्द्र मण्डल, भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठसहित नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार