धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले प्रतिष्ठानलाई स्वास्थ्य शिक्षाको क्षेत्रमा अब्वल संस्था बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
साउन २९ गते प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीबाट नियुक्त लिएका श्रेष्ठ आज शुक्रबार प्रतिष्ठान प्रवेश गरेका छन् ।
प्रा.डा. श्रेष्ठले लामो समय प्रतिष्ठानको विभिन्न ओहदामा बसेर काम गरेको सिप र कौशलता प्रयोग गरेर प्रतिष्ठानमा भएका समस्या निर्मुल गर्दै जाने प्रतिवद्धता जनाएका छन् ।
आज शुक्रबार पदभार ग्रहण गरेका नव नियुक्त उपकुलपति श्रेष्ठले प्रतिष्ठानका चिकित्सक, कर्मचारी, सरकारका तीन तहसँग सहकार्य गरेर संस्थालाई उचाईमा पु¥याउने आफुलाई जिम्मेवारी आएको उनले बताए ।
सबैसँग सहकार्य गरेर प्रतिष्ठानको हितका लागि काम गरिने छ । यहाँ भएका शिक्षा, स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र स्थानीयवासीको अपेक्षा अनुरुप काम गरिने छ । श्रेष्ठले भने,म यस पदमा रहेर कुनै लाभ लिनु छैन् । प्रतिष्ठानका तीन मुख्य उद्देश्य चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, र अनुसन्धानलाई सुदृढ बनाउनु आफ्नो प्राथमिक कार्यसूचीमा रहेको उनको भनाई थियो ।
सरकारको नीति नियममा रहेर तीनै तहका सरकारसँग सहकार्य गरेर प्रतिष्ठानलाई नमुना बनाउने मेरो प्रयत्न हुने छ । उनले भने
पद बहाली कार्यक्रममा प्रतिष्ठानका चिकित्सक, विभागीय प्रमुख, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उनले सिनियर रेसिडेन्टबाट जागिर सुरु गरेर हार्डजोर्नी विभागीय प्रमुख र शिक्षाध्यक्षको जिम्मेबारी कुसलतापूर्ण निर्वाह गरेका छन् ।
प्रतिक्रिया