नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री

मंगलबार, ०३ भदौ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १७औं नाडा अटो शोको आज उद्घाटन गरेका छन्।

मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए।

‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरु र पूर्वाधार विकास गरेका छौँ। लगानी र काम गर्न कुनै बाधा छैन। अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन। कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन,’ उनले भने, ‘उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरु बन्दैछन्। अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौं। हरित ऊर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौं। प्रविधिको रुपान्तरण भैसकेको छ। यी सबैको ध्येय विकास र समृद्धि हो। यसमा तपाईं ढुक्कले अगाडि बढ्नुस्। देशका लागि योगदान दिनुहोस्।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार