काठमाडौँ । आज नेप्सेमा परिसूचकमा वृद्धि भएको छ । नेप्से सोमबार ६.५१ अंकले बढेर २७७६.९० विन्दुमा पुगेको हो ।
आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका एक करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज सान्भी इनर्जीको शेयर सबैभन्दा बढी ६.९८ प्रतिशतले बढेको छ भने प्योर इनर्जीको शेयर ६.०९ प्रतिशतले बढेको छ । त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा बढी ६.१४ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार युनाइटेड मोदीको ३१ करोड ७२ लाख र हिमालयन डिस्टिलरीको २८ करोड ३७ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया