इटहरीबाट लागूऔषध सहित महिला पक्राउ

मंगलबार, १० भदौ २०८२

इटहरी : सुनसरी प्रहरीले लागू औषधसहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा इटहरी उपमहानगरपालिका–२०, नविन भिलेजमा मंगलवार दिउँसो गरिएको निगरानी क्रममा खोटाङ च्यानडाँडा–८ घर भएकी ३८ वर्षीया निर्मला राई पक्राउ परेकी हुन् ।

प्रहरी चौकी तरहरा, सुनसरीबाट खटिएको टोलीले चेकजाँच गर्दा राईले बोकेको झोलाबाट लागू औषध ट्रामाडोल ५ पत्ता (५० ट्याबलेट) र डिकोलिक ५ पत्ता (५० ट्याबलेट) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बरामद औषधीसहित राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको तरहरा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक टिका नेपालले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार