उखु किसानलाई अनुदानस्वरूप उपलब्ध गराउनुपर्ने रकम अविलम्ब भुक्तानी गर्नुपर्छ : अध्यक्ष नेपाल

मंगलबार, १० भदौ २०८२

काठमाडौँ  : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उखु किसानलाई अनुदानस्वरूप उपलब्ध गराउनुपर्ने रकम अविलम्ब भुक्तानी गर्न माग गरेका छन् ।

उखु उत्पादक सङ्घले रकम भुक्तानीलगायत विभिन्न माग राखेर माइतीघर मण्डलामा आयोजना गरेको धर्नामा ऐक्यबद्धता जनाउँदै आज उनले किसानको माग पूरा गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।अध्यक्ष नेपालले उखु किसानको अनुदान कटौती नगर्न आग्रह गर्दै उनीहरूको माग छिट्टै पूरा गर्न आग्रह गरे । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानलाई उत्पादनका आधारमा प्रतिक्विन्टल रु ७० उपलब्ध गराउँदैन आएको छ । गत पुसयता करिब आठ महिनादेखि भुक्तानी बाँकी रहेको र सरकारले अनुदानमा प्रतिशत कटौती गरेको भन्दै किसानले विरोध गरिरहेका छन् । 

 मन्त्रालयले पशु तथा कृषि बीमा, बीउबिजन, मल, कृषि उपकरणमा किसानलाई अनुदान सहयोग गर्दै आएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार