दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापति बस्नेतको मृत्यु

बुधबार, ११ भदौ २०८२

काठमाडौँ : दोलखामा मोटरसाइकल दुर्घटना हुँदा गौरीशङ्कर बहुमुखी क्याम्पसका अनेरास्ववियु सभापतिसहित दुई जनाको मृत्यु भएको छ ।

गएराति भीमेश्वर नगरपालिका–६ स्थित रमितेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सभापति सिरिस बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

राति ९ बजेतिर दुर्घटना भएको थियो । उपचारको क्रममा उनको च्छो रोल्पा अस्पताल चरिकोटमा मृत्यु भएको हो ।

२४ वर्षीय बस्नेत बस्नेत भीमेश्वर नगरपालिका वडा नम्बर–५ माटीका स्थानीय हुन् । उनले चलाएको बा.५३ प ८८९९ नम्बरको मोटरसाइकलमा सवार बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय श्याम बहादुर खत्री ‘सुजन’को पनि मृत्यु भएको छ ।

काठमाडौँबाट चरिकोट जाँदै गरेका बस्नेतले चलाएको मोटरसाइकल लामोसाँघु जिरी सड्क खण्डमा बा।प्र।०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।

बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ बस्ने २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार