तीजमा व्रत बस्नेले खानुहोस् म्याङ्गो शेक, पाउनुहोस् स्फूर्ति

बुधबार, ११ भदौ २०८२

काठमाडौँ : गर्मीमा मानिसहरूलाई आँपको स्वाद मनपर्छ, जसलाई फलफूलको राजा पनि भनिन्छ। विशेष गरी तीजमा व्रत बस्ने महिलाले म्याङ्गो शेक पिउँदा न केवल स्वादिष्ट अनुभूति हुन्छ, तर शरीरमा स्फूर्ति पनि बढ्छ।

आँपका विभिन्न प्रजातिहरू छन् – दशहरी, माल्दव, चौसर, लङ्ग्रा, अल्फासो र केशर। तीमध्ये दशहरी र माल्दव सबैभन्दा लोकप्रिय मानिन्छन्। आँपलाई साधारण रूपमा पिसेर वा म्याङ्गो शेक बनाएर सेवन गर्न सकिन्छ।

म्याङ्गो शेकमा पोटासियम, फाइबर, एन्टिअक्सिडेन्ट र भिटामिन (E, A, K, C, B6) जस्ता पोषक तत्त्व हुन्छन्, जसले स्वास्थ्यमा फाइदा पुर्‍याउँछ। तर ध्यान दिनु पर्ने कुरा के हो भने शेक बनाउन दूध, चिनी, आइसक्रिम जस्ता सामग्री प्रयोग गर्दा यसको क्यालोरी बढ्छ।

एक गिलास म्याङ्गो शेकमा करिब २५०–३०० क्यालोरी हुनसक्छ। चिनीको मात्रा घटाइयो भने क्यालोरी पनि कम गर्न सकिन्छ।

तौल नियन्त्रण गर्नेहरूलाई म्याङ्गो शेक सीमित मात्रामा पिउन सल्लाह दिइन्छ। साथै, ग्याँस, मधुमेह, एसिडिटी वा मृगौलासम्बन्धी समस्या भएमा डाइटिसियनहरूले यसको सेवन नगर्न सुझाव दिन्छन्।

गर्मीको रमाइलो तीजमा स्वादसँगै स्वास्थ्यको ख्याल राख्दै म्याङ्गो शेक पिउँदा स्फूर्ति पनि बढ्नेछ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार