बिर्तामोडमा आगलागी, दुई तले घर पूर्ण रूपमा क्षति

मंगलबार, १० भदौ २०८२
सांकेतिक फाईल

बिर्तामोड : झापा जिल्लाको बिर्तामोड नगरपालिका–७, बिरानस्थित केशव प्रसाद चाम्लिङको घरमा शुक्रबार बिहान भीषण आगलागी भएको छ ।

बिहान ४:३० बजेतिर विद्युत् सर्ट भएर चाम्लिङको काठको संरचना र टिनको छानो भएको दुईतले ग्वालीमा आगलागी भएको थियो । आगो फैलिँदै जाँदा नजिकैको उनको टिनको छानो भएको दुईतले आवासीय घर समेतमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगलागीपछि स्थानीय प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल, भद्रपुर नगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा करिब ५:५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने अझै आइनसकेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार