जेनजी आन्दोलनबाट भएको क्षतिको बीमा दाबी २३ अर्ब नाघ्यो

आइतबार, १२ असोज २०८२

काठमाडौँ : गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भौतिक संरचनाको बीमा दाबी हालसम्म रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार दाबी आवेदको सङ्ख्या अझै बढ्ने क्रम जारी छ ।

हालसम्म प्राधिकरणमा पुगेका बीमा दाबीमध्ये सम्पत्ति बीमा ५९४, मोटर बीमा २२०९, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १४४, परिवहन बीमा ११ र अन्य बीमा ३० वटा रहेका छन् ।

सबैभन्दा धेरै बीमा दाबी बागमती प्रदेशबाट परेको छ, जहाँ एक हजार ६०८ वटा आवेदन दर्ता भएका छन् । त्यसपछि कोशीमा ३७७, मधेशमा ३२३, गण्डकीमा २१९, लुम्बिनीमा २५४, कर्णालीमा २५ र सुदूरपश्चिममा १८२ वटा दाबी दर्ता भएका छन् ।

प्राधिकरणका अनुसार हालसम्म कूल २९८८ वटा बीमा दाबीका आवेदन दर्ता भइसकेका छन् । भौतिक क्षति ठूलो भएकाले आगामी दिनमा यो सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

बीमा कम्पनीगत विवरण हेर्दा सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ, जसको रकम रु ५ अर्ब ४५ करोड ९३ लाख बराबरको छ ।

त्यस्तै, दि ओरियन्टल इन्स्योरेन्समा रु ५ अर्ब २३ करोड २४ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रु २ अर्ब ७९ करोड ६६ लाख, शिखर इन्स्योरेन्समा रु २ अर्ब ३९ करोड १३ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु १ अर्ब ५७ करोड ५९ लाख बराबरको बीमा दाबी दर्ता भएको छ ।

मुलुकभर रहेका १४ वटा निर्जीवन बीमा कम्पनी र चार वटा माइक्रो इन्स्योरेन्स कम्पनीमा यी दाबी दर्ता भएको बीमा प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार