काठमाडौँ : युवामैत्री पार्टी निर्माणको माग गर्दै कांग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्।
शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका केही सदस्यहरुले युवामैत्री कांग्रेसको माग गर्दै धर्ना दिएका हुन्।
उनीहरुले पार्टी एकता आजको आवश्यकता, हरेक पदमा ४० प्रतिशत युवा सुनिश्चित गर, परिमार्जन बिनाको महाधिवेशन अमान्य, नेपाली कांग्रेसको विधान परिवर्तन गर, युवालाई क्रियाशिल विधान संशोधन अनि मात्र अधिवेशनलगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
धर्ना कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आकाश उप्रेतीले पार्टी कार्यालयमा युवा उमेर समूहका व्यक्तिहरले पदाधिकारी र कार्य सम्पादन बैठकको पूर्वसन्ध्यामा पार्टीले लिने दिशा र युवाको भुमिकाबाट पार्टीसम्म आफूहरुको धारणा पुगोस् भनेर धर्ना दिएको बताए।
पार्टीमा युवाहरुको क्रियाशील सदस्यहरुको संख्या ३० प्रतिशतसम्म पुर्याउनुपर्ने उनीहरुको माग छ।
प्रतिक्रिया