जनकपुरमा युवाहरूले सुरु गरे सांस्कृतिक पहिरन अभियान

शनिबार, २५ असोज २०८२

जनकपुर । जनकपुरधामका युवाहरूले सांस्कृतिक पहिरन अभियान सुरु गरेका छन् ।

शनिवार जनकपुरधामका युवायुवतीहरूले आफ्नो संस्कृति पहिरन धोती, कुर्ता तथा सारी लगाएर अभियानको सुरुवात गरेका छन् ।

मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले उनीहरूले उक्त अभियान सुरु गरेका बताएका छन् ।

मिथिलाको मुख्य पोसाकले मिथिलाको पहिचान झल्काउँछ भन्दै उनीहरूले आफ्नो पहिचानलाई बचाई राख्न र लोप हुनबाट बचाउन उक्त अभियानलाई निरन्तरता दिने बताए ।

ब्राण्डेड डिजाइन र विदेशी पहिरनको देखावटी गर्ने अहिलेको आधुनिक युगमा मिथिलाको सारी लगाउने परम्परा पनि ओझेल हुन लागेकोप्रति उपस्थित युवायुवतीहरूले चिन्ता व्यक्त गरे ।

उनीहरूले मिथिलाको नारीको पहिचान सारी मात्र रहेको भन्दै आफूहरूले स्पष्ट सन्देश दिनका लागि युवतीहरू सारी लगाएर आएको बताए ।

युवायुवतीहरूले सांस्कृतिक पहिरन जोगाउनका लागि आगामी दिनमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा विचार विमर्ष समेत गरेका छन् ।

उनीहरूले जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा जम्मा भई जानकी मन्दिर प्राङ्गणसम्म पैदल हिँडेर संस्कृति पहिरनको प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार