इलामको बाढी पहिरो प्रभावित क्षेत्रमा अवलोकन गर्दै मन्त्री घिसिङ

शनिबार, २५ असोज २०८२

इलाम : भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले कुलमान घिसिङले   बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

उनले इलाममा गत १८ गते गएको बाढी प्रभावित क्षेत्रको आज निरीक्षण गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका हुन् । मन्त्री घिसिङले मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका ९ र १० बिचमा पर्ने राज दुवाली र माई खोला टापुमा २७ घर विस्थापित परिवारसँग भेटघाट तथा अवलोकन समेत गरे । 

तत्काल उद्धार तथा पुनर्निर्माणमा जुट्ने उनको भनाइ छ । यस क्षेत्रमा भएका सडक, विद्युत्, खानेपानी लगायतमा आएको समस्या समाधान गर्ने भन्दै उनले राहत वितरणको काम भइरहेको र अझै पनि हुने आश्वासन दिए । स्थानीय, प्रदेश र केन्द्रीय सरकार बिच सहकार्य गरेर अघि बढ्ने भन्दै धैर्य गर्न समेत आग्रह गरे । सरकारले इलामलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको भन्दै अब यस क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको भनाई छ । 

उनले जिल्लाको शाखेजुङ, इलाम नगरपालिका ४ लगायतका क्षेत्रमा समेत अनुगमन तथा निरीक्षण गर्ने कार्यक्रम रहेको छ । 
मेची राजमार्ग अझै खुल्न सकेको छैन । मेची राजमार्गको राज दुवाली क्षेत्रमा पुनर निर्माणको काम भइरहेको छ । अब भोली सम्ममा सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको सडक डिभिजन कार्यालय इलामले जानकारी दिएको छ । 


इलाममा गत असोज १८ गते आएको वर्षा सहितको बाडीका कारण ३९ जनाको मृत्यु, एक बेपत्ता र एक सय वढि परिवार पूर्ण रूपमा विस्थापित भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

WhatsApp Image 2025-10-11 at 3.04.25 PMWhatsApp Image 2025-10-11 at 3.04.26 PM (2)WhatsApp Image 2025-10-11 at 3.04.26 PM (1)WhatsApp Image 2025-10-11 at 3.04.26 PM

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार