काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त भएका छन् । रावल नेपालखबरका सम्पादक हुन् ।
उनले यसअघि कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएमलगायत विभिन्न सञ्चारमाध्यममा डेढ दशकभन्दा बढी सक्रिय पत्रकारिता गरिसको छन् । त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका रावल कानुनमा स्नातक तहको अध्ययन गरेका छन् ।
रावल प्रधानमन्त्रीको प्रेस संयोजक भएसंगै नेपालखबरको सम्पादकबाट बिदा लिएका छन् ।
प्रतिक्रिया