बारा-२ : अग्रता बढाउँदै उपेन्द्र यादव

मंगलबार, १२ बैशाख २०८०
काठमाडौँ । बारा-२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन् । पछिल्लो अपडेट अनुसार जसपा अध्यक्ष यादवले ९८७० मत प्राप्त गरेका छन् भने जनमतका कुशवाहले ६७७१ मत प्राप्त गरेका छन् । अहिले यादव २ हजार ७०२ मतले अगाडी रहेका छन् । त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३७०० मत प्राप्त गरेका छन् भने रास्वपाका रमेश खरेलले ११७४ मत प्राप्त गरेका छन् । आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५७१ मत प्राप्त गरेका छन् । बारा-२ मा ६ स्थानीय तहको ४४ वटा वडा रहेको र यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार २४८ मतदाता थिए । जसमा ६८ हजार ८ सय ८७ मत खसेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार