झापा : प्रादेशिक अस्पताल भद्रपुरमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र(ओसीएमसी)ले आर्थिक वर्ष ०८१/०८२ मा १४७ जना हिंसापीडितलाई सेवा दिएको जनाएको छ। तीमध्ये १०४ जना जबरजस्तीकरणीसम्बन्धी घटनाका पीडित थिए।
अस्पतालमा आज प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकमा केन्द्रकी फोकल पर्सन निलु शाक्यले ११ लाख ४४ हजार रुपैयाँ खर्च भएको प्रगतिविवरण प्रस्तुत गर्दै आगामी वर्षका लागि १५ लाख ९५ हजार रुपैयाँको बजेट प्रस्ताव गरेकी थिइन्।
केन्द्र प्रमुख डा. मनोजकुमार साहका अनुसार ओसीएमसीले स्वास्थ्य उपचार, कानुनी सहयोग, मनोसामाजिक परामर्श र सुरक्षित आवास सेवा प्रदान गर्दै आएको छ।
बैठकले प्रगतिप्रतिवेदन र बजेट सर्वसम्मतिले पारित गर्दै हिंसाविरुद्ध सबै निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।
प्रतिक्रिया