मेचीनगरमा डग स्न्यापिङ, १२ जना लागुऔषध सेवनकर्ता पक्राउ

शुक्रबार, २८ कार्तिक २०८२

झापा : लागुऔषध नियन्त्रण तथा सम्भावित आपराधिक गतिविधि रोकथाम गर्ने उद्देश्यले मेचीनगर–१० खयरडाँगी ‘छोटा पाकिस्तान’ क्षेत्रमा गरिएको डग स्न्यापिङ अभियान सञ्चालन गरिएको छ  । अभियानका क्रममा प्रहरीलेमा  प्रहरीले  १२ जना लागुऔषध सेवनकर्ता लाई पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय केनाईन (K9) शाखा धरानबाट प्रनानि यमबहादुर श्रेष्ठको कमाण्डमा ४ जनाको टोलीले  दुई वटा डगमार्फत स्न्यापिङ कार्य सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

स्न्यापिङ कार्यमा इलाका प्रहरी कार्यालय धुलाबारीको १० जनाको टोली (कमाण्ड: प्रवनानि चन्द्रकुमार शाक्य) र अस्थायी ट्राफिक पोस्ट धुलाबारीबाट २ जनाको टोली (कमाण्ड: प्रसनि सुर्य नारायण यादव) समेत परिचालन गरिएको प्रहरीको भनाइ छ। 
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए। के

पक्राउ परेका व्यक्तिहरू :
– सुकलाल सतार, १३ वर्ष, मेचीनगर–७
– आशिष बस्नेत, १४ वर्ष, मेचीनगर–७
– राजु चौधरी, २४ वर्ष, मेचीनगर–९
– सुनिल साह, २२ वर्ष, मेचीनगर–१०
– अनिल साह, २० वर्ष, मेचीनगर–१०
– थारुक आलम, 31 वर्ष, मेचीनगर–१०
– माफिज आलम, 21 वर्ष, मेचीनगर–१०
– बिशाल चौधरी, २४ वर्ष, मेचीनगर–११
– बिवेक चौधरी, २८ वर्ष, मेचीनगर–१०
– निपुल लिम्बु, २६ वर्ष, बुद्धशान्ति–३
– आकाश तामाङ, २६ वर्ष, मेचीनगर
– बिवेक राई, २३ वर्ष, मेचीनगर–४

प्रहरीले मेचीनगर क्षेत्रमा लागुऔषध दुरुपयोग बढ्दै गएको संकेत पाएपछि नियमित डग स्न्यापिङ अभियान संचालन गरिरहेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार